अधिकार

बुझ्यौ अधिकार?

समान अधिकार के हो ?
प्रश्नै प्रश्नको जीवनमा 
बायाल्यवस्था निरभरमा
युवास्था अन्योलमा
प्रौढ़ अवस्था बिछोड़
र अजनबी सहरमा
कहिले बुझ्यौ त अधिकार!

जसलाई पर्छ उसले
सानैमा सिक्यो पाठ,
 निलो भएर कठाङ्गरिदा
पेटको अग्नी ज्वाला दनकिन्दा
रित्तो भाँड़ा सिरमा बज्रन्दा
ॠण तिर्न नसकदा,
अधेरों कमरोतिर लखेटदा,
अधिकारको मूल्यबोध बुझ्यौ?

मैले बुझेको समान अधिकार
साथीले पेन्सल खोस्दा
रबर लुकाई दिदाँ
पुस्तक अरूको हेर्न पर्दा
टिफिनमा खाजा- पानी नहुदा,
तिम्रो र मेरो बुझाई भिन्न हो!

म दफतरमा, तिमी डोकोमा
म गहनाले झरझुट्ट छु,
तिमी दाईजोको चपेटमा,,,
मेरो थैलोमा लक्ष्मीको वास छ
स्वरसतीको वरदान छ।
तिमीले जुनको रूप के देख्यौ?
औंशीको रातमा आँशु खसाल्छौ,
म भने जुनेली रातमा रमाउछु!

हो अब यो दुःख पिढ़ी दर पिढ़ी
तिमी नसार, बरू उसलाई भन
बिहानी मै खोज तिम्रो खुशी,
निलो गगनमा उड़न देउ मनलाई!
बाल्य गीत गाउन् देउ आफैलाई
मनलाई सोध बुझ्यौ के अधिकार??

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा