सान- मान - छुकी

सान -मान- छुकी

हिज हाईनेस!
तिम्रो रिहाईमा
मेरो प्राथना छ!
तिमी आजद हुन पर्छ
कहाँ गयो मानव अधिकार?
 सानो देश!
किन यस्तो अशान्त छौ,
केवल गरिब र असहाय
नारी मात्र होईन,
छुकी!तिम्रो मान र सम्मान
तिम्रो राज्य अविशेक
फेरी होस भन्न खातिर
यस महिला दिवसमा
सम्झना गरेकी छु!
कारावास भित्र पनि
तिमीलाई दुर्गा- काली भै
बाँचेको देख्न चाहान्छु
तिम्रो अधिकार
शसक्त नारीको
अधिकार पनि हो!
तसर्थ, यस नारी दिवसमा
तिमीले न्याय पाउनु पर्छ
सान- मान-  छुकी!
अन्तराष्ट्रिय महिला दिवसमा
मानव अधिकार विश्वमा 
यदी छ भने,
 हिज हाईनेस! 
एउटी नारीको अधिकार उसले
पाउनु पर्छ यो कलम
आज चिन्तित् छ
ती नारीको निम्ति पनि,
शान्तीले देशको उन्नती हुन्छ
धुवा र बन्दुकले देशको विनाश
यस्ता अशान्त मनलाई
विश्व नारी कलमले
शान्त पार्ने क्षेमता राखौं,
हाँस्न गाउन् र केक काट्न 
मात्र होईन!
विश्वको कुनै पनि कुनामा
नारीको अपमानको
यस दिवसमा घोर
भत्सना गर्द छु!!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you