आखिर किन?

आखिर किन?

यी आविष्कारहरू किन
बोल्न लागे जता ततै आज
नियन्त्रण हराएछ क्यार
हाँसो कम रोदन धेर 
देखिन थाल्यो विश्वमा
सभ्य संसार छाड़ी जान
बाध्य बन्यो आखिर किन?

विनाशक विश्फोटक 
कालो धुवा गुड़न थाल्यो
फेरी ईतिहास नरसगांरको
दिनो दिन दोहोरिन थाल्यो
यो एशिया धेर चोईटिन लाग्यो
हे मेरो देश! मध्य मार्ग देखाउ,
यो सभ्यतालाई चरममा पुर्याऊ।

अलेक जेण्डर र पुरूको कथा
फेरी एक चोटी पाठ पढ़ाई देउ
चान्यक्य निति पल्टाई हेर्ने गर
कमिलाको गोलोलाई ठिम्याउने गर,
मानवतालाई प्राथमिकता दिने गर
सभ्यताको आदर गर्ने गर अनि त्
प्रेम र शान्तीको दुत बनी अघि बड़।

मुखमा ताल्चा  किन मुक दर्शक
धेर भो  आमा पृथ्वी एक हुन
ध्वनी प्रदुशषले नी दुःखछ उसलाई
वायु प्रदुशनले आज्माको शिकार 
जल प्रदुशनले जल प्राणीको नाश
स्थलमा खाल्डोपरे माटोको छय
 पटक पटक मृत्युले दुरगन्ध छ।

भरखरै त यी मैलो हावाको शिकार
लाश घरमा घर खोज्दै संसार
फेरी आज किन बुझदैन यो मानव
विज्ञान तबसम्म महान आविष्कार
सभ्यतालाई पुर्याउछौ चरममा
जब त्यसको दुरूपयो हुन थाल्छ
त्यसैले पापको घड़ो भर्छ आमा!!

आखिर किन मानवताको विनाश
 खोक्रो शक्ती किन विनाशतिर लम्कन्छ
घर परिवारलाई लङ्गड़ो पार्छ
अनिता सभ्यता गुमाउछ
एक एक भयबादको शुरूवात गर्छ
अस्पताललाई विष्फोटक बनाउछ
भविष्यलाई किमा गरि फ्याकी दिन्छ।

आखिर किन प्रकृति प्रेम भुल्छ
मानवले आफ्नो अस्तित्व हराउन खोज्छ
अनि फेरी सहयोगको हात बड़ाई
धर्मको बखड़ा सुनाउन थाल्छ
पाप नगर्ने शिक्षा प्रचार गर्न लाग्छ
एउटा शिशुलाई टुहुरो बनाउछ
अनि अर्कोलाई बेघर बनाउन थाल्छ  ।।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा