कल्पतरू



हिजको ईतिहास
कल्पतरू थिए गिरी
पर्वत झै समुहमा
गीता ज्ञान दिने ध्वनी!

ईतिहास किन किन
दोहरी रहन्छ यो युगमा
आज छैन हो हल्ला
एउटा कल्पवृक्ष ढलेको छ।

यी नयनहरूले देख्न पर्दा
आफैलाई दोषी ठाने
मानव सभ्यतालाई 
कोषन् मनलाग्यो।

प्रशाषणको धज्जी
उढ़ेको  देखें  मैले
एका एक कल्पवृक्ष
ढलेको देख्यौ तिमीले ?

यो पुणित दिवसमा
ईतिहासको पानामा
आज मैले यो नलेखे
कस्ले लेख्ला त ईतिहास!

गिरी नै केही समयमा
क्षय भएको देखेका छौ?
यस्तै क्रिया कलापले
त किटाणुको जन्म हुन्छ।

सभ्यताको विनास हुन्छ
मुर्खहरूको जमातले
कल्पतरूको महत्व
कहिले बुझ्ने होला!

सभ्यता तुहिने कगारमा
छँदा पनि नफरतको
 जरालाई आङबाट
नपखालेसम्म प्रकृति रहला?

 मनलाई नरिझाएसम्म  
ज्ञान सागर गीता भजने 
वृक्षलाई नबचाएसम्म 
के तिमी अजम्बरी छौ ?

 प्रश्न उठन स्वभाविक हो,
 ज्ञानले सान्तवना दिन्छ
गीताले भन्छ कर्मको फल,
तर ह्रदय कहाँ मान्छ र ?

जब जब पनि गिरी पर्वत
एक्कासी ढल्द छ यहाँ
प्रलयको शंख घोश सुन्छु
प्रकृति विनासको आर्तनात।

हे मानव! मानवता बचाई
सभ्यताको ईतिहास बनाउँ
नत्र यस्ता कल्पतरूहरू
एका एक निदाउन थाले,

हामी  पनि   घोर निद्रामा
नउठने गरि सुत्ने छौ
यो पुस्तकको ईतिहास
कसले पढ़ने फेरी ??

यो पुस्तक दिवस
मनाउने कसरी
ईतिहास बचाउन
सभ्यता बाँच्नु पर्छ।।।

यसैका साथ पुस्तक दिवसमा सबै कलमकारलाई सम्झना गरें। सुस्वास्थ्यको कामना सबैमा।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा