रानी

रानी

म सूनकेश्री रानी!
मेरो आश र आड़लाई
खुढ्कीला बनाई
तिमी माथि चढ़ेको
मैले हेरेको निकै भयो!

म जिर्ण भै सक्दा पनि
तिमी यही लिस्नुमाथि
चड़ेर सुन्दरताको
रशपान गर्दै छौ
हे आगन्तुक बन्धु हो!

कहिले बर्दीलाई
धोका दिन्छौ
कहिले न्यायको
पल्ला माथि तल
टकटकाउछौ!

मेरो जातिलाई
च्याति च्याति
धुजा धुजा पर्दै
ओपरेशन थेटरमा
पोसमाटम गरि
उधाङ्गो राखेका छौ!

के खोज्न आएका
के पाउन आएका
कति डराएका
तिमी त्यसैले
बलवान छौ
रानी दिर्जीलिङ!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you