आफ्नोपन
2075,,,,,,,14,4,2018
आज भेट्न आएको
ठल्ले खोर्सानी र किनेमालाई
विरर्स्यौकी भनी
आज भेट्न आएको
गुन्द्रुर र सिन्की सिद्रालाई
विरस्यौकी भनी
आज भेटघाट राखेको
ढ़ेंड़ो र सिसनु भटमास मकैसित
स्वाद ताजा हुन्छकी भनी
आज भेट्न आएको
रंगी विरगीं तिम्रा भेष भुषामा
कतै तिमीले आफ्नो पन त
भुल्यौकी भनी
आज बुझ्न आएको
राजनितलाई परराखि नी
तिम्रो र मेरो मुटु सँगै धड़कीन्छकी भनी
आज म छक्क परेको
नयाँ पिढ़ीले गुन्यु र चोली लगाई
एक दिन भेटौन मायालु भनेको
सयपत्री टोटला जवा र पलास
कृष्णचुरा राधा चुरा क्याक्टससित
म मेला घुम्न आएको
आज सेल र मो मो पाक्छकी भनी
गोजी तताई मेलामा भेला भई
संसकृतिको जगेरा गर्न आएको
सिमाना जता लाउदा पनि हुन्छ नी
टेको चाहि नेपाली भाषा होस
पहाड़ी डम्फु नौमतीको भाका होस
तर तराई र गढ़ीको एकताको आशा होस
झन्डाले रेखा कोरिन्न
सभ्यता भुलेर एक्लो भए
समाजमा कतै चिनीन्न
त्यसैले त अठ्ठाईस उनतीस तीस एकतीस
मात्र होईन वत्तिसको हिसाब सिक्न
आएको म बैसाख मेला घुम्न
विचार्न मलाई भुल्यौकी भनी
नयाँ वर्षको शुभकामना साट्न
माया पिरथी फेरी लगाई
नयाँ वर्षको उल्लास बाट्न
अनेकतामा एकताको पाठ पढ्न
लौ मत आएको सयपत्री गुलाब साटन!!!!
Comments
Post a Comment