कवि गुरू

कवि गुरू

विश्व कविलाई नमन
वहेका उनका लहरहरूमा
कति संगीत वहे
कति ताल र झनकार
तरंगीत भए
कविगुरूको  शक्ती अपरमपार
जन्म जन्मान्तर
तृप्तीको निम्ति
हजुरको वरीपरि घुम्ने
साहित्य ब्रमाण्डमा
कति तारा नक्षेत्र जन्मायौ
आकाश गंगा नै बनायौ
विणा कति तरंगीत भए 
तबलाका धुन कति चड़कीयो
कति  अझ  वज्नेछन
सारेगामाप सरगम साथ
विश्व मै भयो यसको बात
एकला चलो रे!
जोदी तुमार डाक सुने
के,,ओ,,, ना,,आ ,,,से
ताले एकला चलो रे!
संसार अन्धका हुदाँ
एउटा दियो बनी बली रहनु,
महत्व त्यहाँ शुर्यको होईन
जीवन धान्न सठिक समय भए
केवल दियो काफी छ,
हर पल शिक्षा दिएर गए!
दर्दनाक मृत्यु सैयामा पनि
हावाको झोकाँ भई स्पर्श
गर्ने आफन्तको मोह चोर्ने
अनि आँशु हर्ने
उनको कवितामा शक्ती ,वाह!
गुरूवर नमन छ तिमीलाई
यो पावन पर्वमा
सम्झना छ यो जन्मदिनमा👏👏👏

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा