तिमी नहुदाको संसार
आमा तिमी नहुदाको संसार
हुदाको भन्दा भिन्न छ।
बीसको भन्दा कोवित एक्काईसमा
भई नभई अक्सिजन किन्नु छ।
आमा- पृथ्वी तिमी किन मौन छौ
एका- एक गर्दै ढ़ल्दैछन वृक्ष सरि जिवन।
म त ढुक्क थिएँ बीस गयो भनी
एक्काईस अझ भयानक श्राप झै छ।
परिवार मात्र छन छेउँ छाउमा
शव यात्रा शुसशान जुनको टकमा।
भोलीको घाम जुन हेर्छौ भने
के खान्छौ तिमी शरिरलाई सम्हाल्नु छ।
हामी भन्दा चनाखा छन भाईरस
ब्याकटेरिया या रशायन युद्ध मनमा दोविदा छ।
जसै वित्दो छ समय यहाँ
खोज्दैछु उत्सर्ग र कर्म फल मेटिन्दो छ।
मानवता माथि कसको दमन हो,,
हाँस्न रून नै कठिन, परिक्षा छ जिवन नै!
मैले भेटे जति र समेटे जति अनुभव
बोल्दैछु तिमी स्वास्थ्य रहनको निम्ति मन्त्र।
सेनिटाईजर, क्वारानटाईन, मास्क र औषधी
ज्यानलाई खतरा छ भनि बोक्न कर छ।
Comments
Post a Comment