नयाँ मार्ग

नयाँ मार्ग

मलाई घोच्ने काँड़ाहरू  
मलाई रोक्ने बाधाहरू 
मलाई गिज्याउने नाताहरू
तिमीले पन्छाउने गर

म ! म नै भई बाँचेकी छु
सदा तिमीलाई हेरी हाँसेकी छु
आत्मा साक्षी छ, तिम्रो तालमा
 ताल मिलाई सदा नाँचेकी छु

हिमालले सदा सुख दिन्छ
रंगीतले सहारा दिन्छ 
महानन्दाले खिल्ली उढ़ाउछ
तर म तिमीसित वहेकी छु

मैले तिमीबाट धेरै सिके
तिमी सदा भन्ने गर्छौ
खमा चाई! जान्ते पार्लाम ना
म बाध्य भै जानी सकेकी छु

कमल घाँसफुस ताराहरू
सबै आफ्नै आकाशमा
र धर्तीमा छाई रहने छ
तिमी सहिछाप मैले जानेकी छु

तेसैले तिमी   मेरो गुलाबको
काँड़ा हटाई मलाई दिनु
मेरो हिड़ने बाटोबाट
यी पहरा र चट्टान हटाईदिनु!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा