आधा जुन- घाम

आधा घाम र
जुन दिएपछि नी
आफ्नो हुन्नौ!

स्वार्थी संसार
अस्थाई जीवन हो
दुई दिनको!

स्वर्ग र नर्क
नदेखाउ मलाई
समय हो यो!

कर्म नै धर्म
तर कहाँ छ मार्ग
अनेक दिशा!

कँहा जाने हो
लक्ष्य तय गर्यौ के
मार्ग प्रसस्त!

किन ठोक्कीने
दिशा परिवर्तन
तुफान शान्त!

Good Morning!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you