यादमा सिक्कीम


चापँ र गुंरास बनमा हेर  लह लह
उच्च- पुल उत्तरेमा हावा सर,,, र,, र
छांङ्गुसिक्कीमको शिमसारैमा
हिउ पर्यो हिमालैमा....

माया बस्यो फुल फुलैमा
हरियो परियो लालबजारैमा
कंचनजङ्गा चढ़ौ जाउ पश्चिममा
पेलीङ र देन्ताम सानो बजारैमा

खेचीपेरीको अनौठो पक्षीले नै
सफाई कर्मी झै पतकर उठाउने है
डाफे र मुना न्यावली झ्याउ झ्याउ
हेरन बनमा चरीको बोली क्याउँ क्याउँ

 छाङ्गुमा एक पाखा ढाकेको सेताम्मै
अर्को पाखा याक र घांसले ढाकैको ड्याम्मै
कान्छलाई देखेर मन भयो मख्खै
आँउला छुट्टीमा फेरी भेट्न आमै

चार धाम साङडुप्चे नाम्चीको छ नामै
लौ घुम्न जाउँ याब्ला र छुम्लाको गाँवै
सानोपुर्वमा हिमाली राज्य सुन्दर छ साह्रै
बिरसन्न मायालु भेट तिमीसितको आजै!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा