निद्रा
निन्द्रा
कति थरीको हुन्छ निन्द्रा
उ सुतेको बेला म जागेको थिएँ
उ यता उता फर्कदैं गर्दा
म मेरै काममा व्यस्त थिएँ
उ घुर्नलाग्दा पनि म,,,,
म कामैमा व्यस्त थिएँ
उसले ललीपप चाटदै देखाउदाँ
मैले अघीनै चपाई सकेको हो!
समय कटनी गर्न गाहारो भो भन्दा
मलाई भने आङ तान्नेसम्म फुर्सत कहाँ?
त्यसरी धेरै समय बितेपछि
यसो हेरि पठाए छितिजमा
उ सदाको निम्ति निदाएछन
मैले चालै नपाई गएछन
खै त जीवन उसले जिएर गयो
या त म सघर्षरत छु,
र मैले जितेकी जस्तो लाग्छ।
समाज तिम्रो अघि प्रश्न राखें
म हारे या त मैले जीवनलाई जिते?
उ मस्त निदाए निदाएकै भयो
कहिले नउठने गरि गए क्यार
म सपना देख्दै छु अझ
भोली यो कसैलाई सुनाउने छु,
लौ भन जीवनलाई कसले जितेछ?
समय जीवन हो भने
समय बलवान रहेछ
म त केवल सपना मात्र रहेछु
सबैको आखाँमा कर्म बनी बाँच्ने
सन्तुलन हराउन लागेको दुई पाँउ
सभ्यतामा आउन लागेको परिवर्तन
झ्यालबाट हेर्ने केवल समय
कसरी हात गोड़ा बाधिदिएका छौ।
खै त न निदाउन सक्छु,
नता तिमी झै सदाको निम्ति
केवल सपना नै बन्न सक्छु
तर निन्द्रा लाग्न पर्छ केवल
भोली उठनलाई अझ कार्य
थाति मै छ के के गर्नलाई तर
ढुक्कसित समय सुतेर वितायो,
अनि उ ढुक्कै सपना भयो,
जीवन सार्थक कसको भयो
या उसको या त मेरो म पनि
Comments
Post a Comment