मिलन


यो कस्तो मिलन हो
कल्पना र सपनामा
आयौ आज चौतारामा
यो जीवनको रहर हो!

यो अचेलको मौसम हो
चिसो सिर सिर हावामा
बादल छ उड़दै मज्जामा
यो पायलको झन्कार हो!

यो शरदको चन्द्रमा हो
प्रेमील छाँया  अमखरामा
पत्ताहरूको हुरी,,,,,,हुरीले
बाटो छेक्ने उसको रहर हो!

फूल कोपिला सरा- बरी हो
लालुपाते र गुलाबको मौसममा
सुनतला घारी हरियै सुन्ताले
घुम्तीमा लुकेर चियाउने रहर हो।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you