अधिकार

अधिकार

मलाई पनि बोल्ने
 अधिकार देऊ
देश! मेरो ईच्छा
 पुरा गर!
म यो माटोमा
 जन्म लिएकोले
मलाई मेरो देश
 प्यारो छ!
तर म कहाँ र कता
 बोल्दा ठिक हुन्छ
त्यो अधिकार 
मलाई देऊ!
मेरो घर रोएको म
 देख्न सक्दिन देश!
रगत बन्दक राखि
 अधिकार माँग्दैछु!
तिम्रो मुट्ठीमा
 छ मेरो सुरक्षा
सरकार!मलाई 
मेरो अधिकार देऊ!
म सदा तत्पर रहने छु 
रक्षा सिमाको गर्न!
खुन दिएर म 
माया पाउन अघिछु
कश्मिर र लद्दाक 
जस्तै छ मेरो समस्या
भाशण र शाषणमा 
म हराउन सकिन!
म अधिकार पाउन्
 चियाउदैछु!
देशका दुई नयाँ 
झ्यालबाट आफुलाई
नहराउने बनाउन
 पारिसम्म हेर्दै छु!
अधिकार मेरो 
कुनै धर्ममा होईन।
कर्ममा देख्दै छौ,?
जब जब पनि आक्रमन
देशलाई हुन्छ तब मेरो
 नाङ्गो कुखुरीसितै
  म तिम्रो रक्षामा
 शिमामा रहने छु!
तिमी बोल्ने अधिकार देऊ!
शुरक्षाको कवज म बनुला
कसम तिमीलाई 
शुरक्षा दिने छ! दिदैंछु।।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you