बारबराको सम्झनामा

एडम बारबरा

एक पत्रकार
एक साहित्यकार
अमेरीकी नेपाली नागरिक
देश शान्तिको निम्ति कर्म
गर्दै , धेरै यातना सहेर पनि
माया माया भन्दै
आफ्नै घरमा बस्न रूचाउने
एउटी सबला नारी
जसले जीवनलाई आफ्नै
प्रकारले जिए अनि
प्रेमी पागल भई
जिवन निर्वाह गरे
भन्नै पर्दा पत्रकार लेखकहरू
पागलै हुन्छन क्यार
प्रकॄतिलाई नै आफ्नो
बनाई सकेपछि 
अरू को नै चाहियो र!
तिल्हरी र चुरा मन पराएर
ईशाई धर्मामा जन्म लिएर
बुद्ध र गणेशको दर्शन अप्नाएकी
हिन्दु भै मृत्यु सैयामा निदाएकी
पत्रकारलाई मेरो नमन
देश प्रेमको मिशाल जलाउदै
नश्वर शरिरले शान्तीको
गीत गाउदै विदा लिएकी
उनको जीवन कथाले
म आज निकै प्रभावित भयें
तिल्हरी उनलाई कति प्यारो
उनीबाट सिक्नै पर्ने
अमर प्रेमको कथा
उनी सदा यो संसारमा
एउटा उदाहरण बनी रहुन
हुने नै छ हाम्रो आदर्श बनी

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा