गाईने
तिरिरी मुरालीको धुन
बागडोगरा मेरीना होटेल छेउँ
मलाई यसले आकृष्ट गर्यो
म दौड़दैं छेउमा पूगे!
वरिपरी अनेपाली भाषी
मानिसहरूले घेरी राखेका
एउटा सानो तम्बु अनि छाता
छेवैमा सानो माईक
छाता मन्तिरको मानिस दोकाने
पनि होईनन् नेपाली भाषी!
धुन मुरालीको सकेपछि****
ध्वनि माईकमा अचानक नेपाली भाषामा****
"मस्तानी तेल लिनुहोस
गोढा,कुईना, जोड़को दर्द
घुड़ासम्मलाई पार्छ निको
आयुर्वेदको छ यसमा चमत्कार"
छक्क परें यो के हो यस्तो?
नेपाली भाषाको प्रयोग?
नेपाली ग्राहाक निम्त्याउन होकी?
या त् पारिका तराई नागरिक?
सोचँदै फर्कीए अनि फेरी धुन
मुरालीको तिरिरी बज्न लाग्यो!
आईतबारको दिन परेकोले
निकै ध्वनि परसम्म सुने*****
साईन बोर्ड नेपालीमा लेखौ,
रेलवे जंक्सनमा नेपाली भाषामा
माईकमा फुकुन भन्ने आन्दोलन
जारी छदैँछ तराईमा अझ
तर मन मोहक बिज्ञापन
सुनेर मेरो मनमा धेरै प्रश्न उठ्यो?
कता कता आनन्द पनि***
आन्दोलनै विना भाषा प्रयोग
हाम्रो दिन फर्के छ कि कसो?
म मुस मुस हाँस्दै आफ्नो बाटो लागें!
कतै न कतै मानिसमा छाप त् छ
ग्राहाक भये पनि यहाँ छन
नेपाली भाषी भनि आश छ!
तराईको छाप छ यहाँ गोर्खालीको
सकारात्मक सोचँ छ यहाँ सिलगढ़ीको
गोढा र कुईना दुःखदा मुराली सगैँ
Comments
Post a Comment