भविष्य

एक पथिक मलाई सोध्छ
कहाँ जाने हो   यस घड़ी
मौन छु बाटाहरू धेरै धेरै
एउटाले राजनीति वोल्छ
अर्कोतिर भने नहेर भन्छ

कहाँ जाने अर्को बाटोले?
रूपयाँ सब थोक दौड़ौन्
पछि पछि दुष्मनको ताँतो
कालो धन   जाबो शान्ती
विथोल्छ मनै अति पोल्छ

आफन्त केवल स्वार्थ हेर्छ
हिस्से दारी हिसाब लाउछ
केही गर्न पहिले मानो भर्छ
फेरि त् अर्कै   हाँसो हास्छ
दुःखमा वाटो अघी लाउछ

साथी यस्तो अनमोव धन
त्यो बाटोमा खाल्डो देख्छ
आघा गर्छ कुन बाटो जाँऊ
सत्य असत्य बाटो देखाउछ
निस्वार्थ तिम्रो साथ दिन्छ

साहित्य कलाले बाटो गोड़छ
पछि लाउछ भाषा सिकाउछ
विश्वको मिठो चटनी चखाउछ
अमर रहने पाठ  सदा पढ़ाउछ
अजम्बरीको मार्ग प्रसस्त गर्छ

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you