समय

यस समय मेरो   यौवन
सपना नै सजाई रहेथ्यो
लरेटोको स्वागत समारोह
लण्डन नै पूगे जस्तो लाग्थ्यो मलाई******

माहाकल धामको घण्टी
मलाई मार्ग दर्शन गर्थ्यो
भने त्यो छेउको गीरजाघर
ट्वाङ्ग2 गर्दा समय सकेंत गर्दथ्यो*******

मदर डेमीनको  हुकुमत
कुईक टेस्टले होसै उड़थ्यो
मनोविज्ञानकी शिक्षिका देखेर
म मक्ख पर्थे शिक्षण कलामा निपुर्ण********

त्यो ईञ्जीलिया फुलको
सुन्दरतासितै मेरो भविष्य
शितल शान्त हूर्की रहेथियो
चौरस्ताको मनोरम दृश्य जस्तो*******

गोरखाल्याण्डको आन्दोलनले
करकश वन्दुकको ध्वनी सुनायो
छ इन्चको हिसाब अनि पढ़ायो
टियर ग्यासले अश्रु टप टप टप्कायो*******

परिक्षा कहाँ पुस्तक कहाँ
विश्व विजयको शंख घोश
कता कता धमिल हुदै गये
होण्डाको शासन सपना चकनाचुर*******

प्रेम र यौवन विर पुजा मै
हड़ताल र सन्नाटामा विते
आज लरेटो परिवर्तन भएछ
आईएस वन्ने मेरो रहर गएछ*********

वरू ठुलो सपना न देखे
मदरलाई  आजसम्म राख्न पाए
फुल वघैँचा शिक्षा र संस्कार
यौवन प्रेमिल वर्तमार सुन्दर पाउथे*****

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा