मित्रता मित्रता हुन्छ त्यहाँ निस्वार्थ भावना जहाँ! हरेक पाईलामा आस्था जहाँ समस्या समाधानको व्यवस्था त्यहाँ! सम्झौता र सम्झना जहाँ हाँस्ने र नाँच्ने मिठो पल त्यहाँ कसले के भन्ला भन्ने डर छैन जहाँ सम्बन्ध अटुट रिश राग छैन त्यहाँ एका अर्कामा केवल त्रिशना जहाँ, भेटेपछि समय रमनिय हुन्छ त्यहाँ! भुत भविष्य भुलिन्छ केवल हाँसो छ जहाँ परिवारदेखि पनि टाड़ा एकै क्षण त्यहाँ!
यावा कहिले क्यसल्टनको खिड़कीमा तीन दियो जलायौ। पहिले कमिलाको गोला लखेटदै भूगोल सजायौ। कहिले धर्मसकंटमा पर्दा...भागेर कब्रस्थानमा हरायौ। बन्दुक र गोलीको नोकमा आफ्नो भविष्य सजायौ। परिवार सुख दु:ख हस्याङ- पस्याङ चुटकी मैं बितायौ। अब फेरी दियो किन जलायौ खोज्न आफुलाई चौकीमा बसायौ। चुनौति कम छैन मार्ग साङगो- पाङगों तर सपना सजायौ। परिकल्पना बिनाको उड़ान कदाचित होईन यावा! माईल खुट्टी लगायौ। जीवनको दौड़ र खोज तब सकिन्छ जब इतिहास भूगोल बदलाउछौ।।
Comments
Post a Comment