बुवालाई पत्र! प्रणाम बुवा! बुबा! यस वर्ष त कोरोनाले सतायो। दाई पनि तपाई भए कहाँ पुग्यो होला भन्छु। तपालाई सदा आमा र दादासितै सपनामादेखि रहन्छु। तर तपाईको भाषा म बुझ्न नसक्ने भएको छु। सुकेमा घर जलेर खाक हुदा तपाई भन्नु हुन्थ्यो, लतिका सुके साह्रै मैला भएको थियो, प्राकृतिक प्रकोपले नै सफा गरिदियो। तर त्यस ठाँउमा फेरी हामीले घर बनाउन सकेनौ। आज त गईरी टोलमा मलाई चिन्ने धेरै कम छन कारण म तपाईसित मधेश झरे, यहाँ सबैले चिन्छन । पहाड़मा जस्तो तर सोझो मानिस यहाँ छैनन,न नै सफा छन, बाटाका किनारमा पिशाब गर्छन, के तिनीहरू सफा हुन त्? तपाईले गोर्खाल्याण्ड देख्नु भएन तर तपाईको ईच्छा धेर जसो पुर्ण गरी जानु भो, आमासितै केवल छ महिनाको अन्तरालमा, तर दादाले त यो नराम्रो कोरोना कालमा भोट हालेर आएर त्यसको परिणामसम्म पनि सुन्न पाएन । बुवा! तपाईको जमाना राम्रो थियो यो भाईरस नभएको समयमा नै जानु भयो। तर दादाको निम्ति हामी दिदी बहिनी थियौ अस्तुसम्म घर ल्याउन सक्यौ , हाम्रो पालामा के होला भन्ने कुरोले सताउछ। बाहिर निस्कनसम्म नपाईने भयो।घर बन्दी भई बसेका छौ।कहिले यसको निवारण होला भन्ने आश