बर्मा की चेली
बर्माकी चेली- माईती
ह्रदय न्यौछावर गरी सिमामा
पर्खेका साहित्यलाई
ऊँ कार मा साहित्य सृजन
सबैलाई स्वागत मिठो व्यञ्जन
हस्याङ्ग पस्याङ्ग छ मित्र मिलन
सिमाका काईदा कानुन शिरोपर
देशमा स्वागत गर्न तैयार हुन्छे
सुन्दर अनौठो भेश भुशामा
चिन्ता छ मनमा सुरक्षाको
जगंको मैदानमा होस या
साहित्यको वृक्ष हागाँ हागाँमा
सालिनता झल्कन्छ उसको गालामा
यो देशको सम्मानमा
यो उसको मैनमारी भाषामा
म पनि ईश्वर भजन भज्छु आज
तिम्रो शान्ति र उन्नतिको कामनामा
व्यपारी रैछौ गोर्खे चेली
उदाहरण वन विश्वमा वर्मेली
वन्दना गर्दछु म तिम्रो निम्ती
तिम्री आमाको ममतादेखि
विश्व सन्तानलाई बचाँउन हिड़ेकी
दोस्रो विश्व युद्ध भन्दा कम छैन
भाषा पितामहाको सुरक्षा गर्न यहाँ
आरतीको थालीमा साहित्य अर्पण
हातभरी आशिर्वाद पाएकालाई
केही पर्वाह छ न केही चिन्ता
ईतिहास मेटी अश्मिता खोज्छन
आत्मा हत्या गरी धुक धुकी छाम्छन
औषधीको व्यपार गरी विरामी वन्छन
तर तिमी विश पियेर अमृत उगेल्छौ
प्रभु भजनमा साहित्य पाँउछौ
अतिथी सत्कारमा ज्ञान प्राप्त गर्छौ
चन्दन लगाई गृष्म भगाउछौ
Comments
Post a Comment