समय

समय

जीवनलाई प्रकृतिसित
नजिकमा राखेर हेरेकी छु
परिश्रम कहिलेसम्म हो
समय सिमा साँचेकी छु

एक दिन पाईला नचल्ला
भनी आज नै हिड़ी राखेकी छु
सबै कुरोको उपभोग
सहि मार्गमा मिठोलाग्छ

तर किन फेरी बरबाद गर्छन
व्यर्थ दुरदेश परदेशको सपना
देखाउछ यो चाहनाहरू सदा
अनिता न जिउदाका साथ नता,,,,,,

यो व्यवस्था ढिल्याए पनि
प्रकृति  रमनिय  छ  आज 
हो केही  फुल्न  छाड़े पनि
सबैले आँखा चिमल्या छैन

उसैलाई हेरी रमाउन खोजे
जगेराको भाव मनमा जाग्यो
अनुभवलाई बटुली फेरी त्यो
प्रकृतिलाई हरियै राख्न खोजें!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you