कांङ्गलातुम्बी

सहरदेखि धेरै टाड़ा
फुमदी र फुमसोङहरूसित
लोकतकको सुन्दरतामा
बर्माको सिमामा काङला तुम्बी
होम ईस्टे र ईको टुरीजम
बर्षौदेखि हाम्रो बसाई
आजको शहरी करणपछिको माँङ्ग
प्रकृति बादलको घुम्टो ओड़ी
बिछट्टकी सुन्दरी सिरोई पहाड़
माझमा दुर्गा मन्दिर प्राङ्गन छेउ
सानो प्राथमिक विद्यालय
जहाँ बर्षौदेखि विजारोपण छ
देवनागिरी नेपालीको पाठ
 तेसैले आज सृजन छ फुलेकी
सुन्दर सिरोई बोगीको  प्रागंन
माला बनाई हामीलाई यहाँ
साहित्य सिरोही आज डकमक्क छ
केही जिज्ञासा केही आनन्द
कता कता अप्ठेरो पनि 
यो ठुलो चौड़ादार सिकवामा
भित्र दन दन छ भुक्मपको
बेदनाको बल्दो अस्मिताको
शेष्ठजीको नाटक र कलाकार
आफ्ना आफ्ना प्रतिभाविच
हाँसो र प्रसन्नता सबैमा छ
नयाँ नौलो परिवेसको मित्रता
मकै र टम्म बारीमा साग- सब्जि
फल र फुल समरप्रित भावमा
हेर्छन हामीलाई मानो भनिरहेछन
स्वास्थ्यको घुट्टी पियेर जाउ
सभ्यता खोजी सहर पसेका समाज
यहाँका नयन नयनले पिलाउदैछ
जाने अञ्जाने कति सुन्दर घुट्टी
शैलावासको यो सिरोई बघैँचामा!!

Comments

Popular posts from this blog

लाै घुम्न जाउ दार्जीलिङ

मित्रता

यावा