सावन

सावनको झरीमा
करकाउलोको पातमा हेरी
मोती टप्के झै
पानीका थोपा थोपाले
आउछौ की यो मनले तिमीलाई बोलाउछ .... ..

आँखाका नानीमा
अविरल विछोड़का पलहरू
एका एक आई रहेछ
रूझेर बसेकी छु
आउछौ की यो मनले तिमीलाई बोलाउछ...

पर आकाशमा
हावाले केही बादल उड़ायो
यो मन बादल सरी उड़ी उड़ी
तिमी कहाँ रमायो
आउछौ की यो मनले तिमीलाई बोलायो

 चरीको चिरबीर मयुर नाँचेको
तप तप थोपा थोपा हाँसेको
मन तेतै तेतै बरालिएको
कुईरोले पहाड़ छ ढ़ाकेको
आउछौ की यो मनले तिमीलाई बोलायो

 बरपिपलको छाहारीमा बसौला
विगतका रमाईला पलमा रमाउँला
 तप तप पानीको स्षर्शले
 मनका तरंगराई पछ्याउला
आउछौ की यो मनले प्रिये तिमीलाई बोलायो

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा