तृष्णा
तृषणा
मनका तृषणाले
तिमीलाई खोजी रहन्छ
आँखाका नानीले
तिमीलाईदेखि नै रहन्छ
सावनका थोपा थोपाले
तिमीलाई पछ्याई रहन्छ
हरियाली पावलाहरूले
तिमीलाई चियाई रहन्छ
पिरथीको कशम खाएको
सदा याद गराउने गर्छ
माहाकाल डाड़ाको याद
पटक पटक आई रहन्छ
आशिर्बाद सरह पागल मन
कता कता भट्की रहन्छ
किन किन मौसमी हावा सरह
तिम्रै शहरमा घुमी हिड़छ
हरियो पात र थोपा थोपा
चट्ट भेटदा ताली मारी
खितका छाड़े जस्तो
मुस्कान मनमा छरि रहन्छ
सावनमा पनि मनका तृषणा
वृष्टी छाया बनी ब्याकुल
कतै तिमी फेरी उतै
परदेश लागे जस्तो लाग्छ
रूझाउ मलाई भिजाउ मलाई
तर उसलाई पनि आउन देउ
हामीलाई रमाउन देउ
Comments
Post a Comment