साधन
साधन
मनलाई किन बाटो र गाड़ी पो चाहियो र
यसै डुली हिढ़ छ सदा , के पो चाहियो र!
चक्का छैन हिड़नलाई कुन पो बाटो चाहियो र
यत्र तत्र सिमा नाघी पुग्छ भिसा किन पो चिहियो र!
विश्व घुमी फर्कन्छ आज्ञा किन पो चाहियो र
बस चहियो त एकान्त, समय उड़ान भर्न र!
रोक्न सक्छौ भने रोक यी मनका बेगलाई
च्यातेर राखि दिएँ मनका दौड़ाई, आवेगलाई!
सायद यसको सिमा छ भने यमराज चाहियो
नत्र नाथे यी व्यवस्थाका बन्धन किन पो चाहियो र!
उसको मौनतालाई भेट्छ झक झकाउछ र फेरी
फर्केर गनतव्य तिर लाग्छ बाटो किन पो चाहियो र!
यसको बेग मलाई नाप्न मन लाग्छ किन हो किन
कति नटिकल माईल पर सेकेण्ड कुदछ हँ यो?
यसै उर्जालाई सदुपयोग गरे के पो चाहिन्छ र
सबै तिमीमा निहित छ कस्तुरी पो किन चाहियो र!
Comments
Post a Comment