उड़ान

उड़ान 1

मेरी रानी तिमी
मेरी कहानी तिमी
मेरो देश तिमी
मेरो आशा भरोसा तिमी
तिमी नै मेरी आमा
तिमी हौ महान भारत
तिमी हौ मेरी शान
जग गन मनको धुनमा
खोज तर त्यहा म छु
संविधान कमिटीमा हेर
त्यहा पनि म छु
स्वतन्त्रताको नून आन्दोलनमा
हेर देश म त्यहाँ छु
देशको शुरक्षामा हेर न
त्यहाँ पनि त म छु
म धेरै जगहमा छु
हर एक परिश्रममा म छु
मलाई अब तिमी हेर्ने गर
तिम्रो स्वतन्त्र उमेरमा
मेरो उमेर पनि लागोस
तर फ्याल्टर ह्याट सदा
तिम्रो साथ रहने छ
तर मेरो आवाज बन्द नगर
म बोल्न चाहान्छु
मेरो तस्विर छोप्न नखोज
सेल्फी खिची तिमीलाई
पठाउन मन लाग्छ
मेरो आवाज तिमीलाई
सुनाउन मन लाग्छ
स्वतन्त्र भारत! आज यो 
खुशीमा उड़ान भर्न मन लाग्छ
लता मगेंसकर सित
शुरमा शुर मिलाउन मन लाग्छ
 क्यापटन बत्रासित
दिल मागें मोर भन्न मन लाग्छ
पहाड़ाको चोटीबाट
दिल्लीको जन्तर मन्तरबाट
आज कविता सुनाउन मन लाग्छ
श्याम थापा भई फुडबल
खेलेर देखाउन मन लाग्छ
हो खो खो र कपडी
बकसिङ्ग र कराटे
खेलेको देखाउन मन लाग्छ
हो मलाई पनि राष्ट्रपति बनी
सन्देश देशलाई दिन मन लाग्छ
भिकारी भई बाटोमा माग्न होईन
देशको शान बड़ाउन
परिश्रम सिक् गोर्खाबाट
सरल र सरस जीवन
विताउन सिक् गोर्खाबाट
भन्न मन लाग्छ मातृभूमि
मलाई आज मेरो अधिकार
यस्तै यस्तै माग्न मनलाग्छ
मेरो भूमि! जै हिन्द! जै भारत!
जै गोर्खा !नै भन्न मन लाग्छ
मेरी रानी! मेरी आमा!
मेरी कहानी! मेरी माहारानी
मेरो अधिकार मलाई माग्न
पटक पटक मनलाग्छ
हे भारत!तिम्रो विशाल ह्रदयमा
न्यानो अस्मिताको सानो
गोर्खा बासभुमी भै आज
अटाउन मन लाग्छ!
अटाउन आज मन लाग्छ!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you