सिलगढी वरिष्ठ महिला समूहको मासिक भेटघाट आज दिनांक २९/१२/२०२१ बुधबारको दिन दिल कुमारी छेत्रीको नयाँ वासगृहमा भयो। उहाँको नयाँ घरको गृहप्रवेश भएको हुनाले हामी बाहेक हैदरपाढा समाज सेवा समितिका भजन मण्डलीबाट महिला सदस्याहरू पनि उपस्थित थिए। समाजसेवी दिलिप तिवारी सरको असामयिक निधन भएको हुनाले एक मिनटको मौन धारणबाट कार्यक्रम शुरू भयो। तिवारी सरको सामाजिक क्रियाकलाप लतिका गुरुमाले यसरी राख्नु भयो:- उनी देवकोटा संघका संस्थापक सदस्य, सिलगढी गोर्खा वेलफेयर सोसाइटीका संस्थापक अध्यक्ष, नन्दी तिवारी स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष, सिलगढी कृष्ण माया नेपाली हाई स्कूल संचालन समितिका पूर्व सचिव, नेपाली साहित्य प्रचार समितिका आजीवन सदस्य, नेशनल गोर्खा फेडरेशका प्रथम अधिवेशनमा सचिव, भारतीय गोर्खा परिसंघका आजीवन सदस्य, नेपाली भाषी गोर्खा समाजका एकजना अभिभावक, शुभ चिन्तक, सिलगढी रविरत्न महाविद्यालयका मूल खाम्बो भएर महाविद्यालयमा सेवा पुर्याउने प्राध्यापकहरुलाई आफ्नै खल्तीबाट तनखा दिएर हाम्रा नानीहरूलाई शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने काम गर्नु भएको थियो। ९४ औं अगमसिंह गिरी ...
Comments
Post a Comment