किन

किन??        
किन तिमी मलाई रोएको 
मात्र हेर्न चाहान्छौ?
किन तिमी मलाई  माँगेको 
मात्र हेर्न चाहानछौ?
तिरगां ओड़ेर आउदा 
आमाले  केही मागिनन्
न नै छोरो गुमाएँ भनि 
अशन्तुष्टी नै जनाईन।

यति चाँड़ो भुल्यौ 
भोटमा मस्त भै भाषणमा
मायाका कुरो तातो 
चुस्कीसित कहिले गरेनौ
मलाई सधै माँग्ने नै
 बनायौ नी तिमीले किन ?
माया त धेर मैले पनि 
तिमीलाई गर्या झै लाग्छ  । 

सधै हाँसेको देख्छौ, 
नाँचेको देख्छौ,मस्तमौला
तर भुर्लुक्क गुन्द्रुकमा
 घरी घरी पानी उमाल्छु
नानी पढ़ाउन गुर्दासम्म
 बेच्ने गर्छु तर निराश छैन
दुःख यतिमात्र छ सदा 
माग्नु पर्ने चरण धुली म।

हिम्मत हारेको छुईन 
छुट्टा छुट्टै समय हो
एकताको मन्त्र मन मनै
 छ खुनको साईनो हो नी
एकदिन म पनि किन
 दिने बन्न नसकौंला र!
तिमी माँग्न आउने छौ 
यो विर्ताको लाग्ने खुखुरी।।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you