दशै आयो

दशैं आयो

हामी ॠतुसितै रमाउने गरौं
छुट्टी छ केही सर सल्लाह मिलाउँ
लुगा फाटा घाममा सुकाउँ
लौ घुम्न जाउ दार्जीलिङ
दशैं आयो ।

बाटाका पैरोहरू सोरीसके होला
भित्ताका घाँस फुस काटी
सफाई कर्मीले चिरी च्याटै पारे
लौ घुम्न जाउँ दार्जीलिङ
दशैं आयो।

सारंगी गाईने चौरस्ताको उकालोमा
हिमालको फोटो दास स्टुडियोमा
घोड़ सवारी चौरस्तामा
लौ घुम्न जाउँ दार्जीलिङ
दशै आयो।

उसलाई बोलाएको छु
प्रेमआलाप गरौला माल रोडमा
साझ बत्तीको झिलमिल सरबरीमा
लौ घुम्न जाउँ दार्जीलिङ
दशै आयो।
 
सिङ्गड़ा मिठाई नारायन दाशको
भुजा चिप्स मिठो चौकको
केक र चकलेट गिलिनेरीजको
लौ घुम्न जाउँ दार्जीलिङ
दशै आयो।

माहाकाल मन्दिर जाउला
माताको आराधना गरि
गुलाब टिप्न ओह्रालो लागौला
लौ घुम्न जाउँ बोटानिकल गार्डन
दशैं आयो।

तेन्जिङलाई सम्झी
कनञ्चनजङ्गातिर लागौं
बरचिल र हिमालयन माउण्टटेनिङ 
लौ घुम्न जाउँ राज भवन
दशै आयो।

अग्रेजका घोड़ादौड़ लेबोङमा
हेरन देख्छ नी मालरोडबाट
विसौनिमा बसी  चुस्की चियाको
लौ घुम्न जाउ, छाड़ेको मुटु छाम्न
दशै आयो।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा