सौभाग्य
सौभाग्य
मलाई नसुनाउ तिम्रा व्यथाहरू
म आफैमा व्यथित भएको बेला
मलाई पर सारी नगिज्याउ यहाँ
म आफै आफमा हराएको बेला।
सुन्दर बघैचाँमा फालेको कथा
नसुनाउ मलाई म रोएको बेला
प्रेमलाई बलात्कारमा बदली यहाँ
भुल कसको, जिवन रोएको बेला।
हेरन् लह -लह छ जीवन उसको
अनुहार नमिल्छ उसको यो बेला
यशोधा भईछ बांझो कोख यहाँ
नभन फालिएको, उ हाँसेको बेला।
सत्य तितो होला ,सुने उसको कथा
नसुनाउ उसलाई दुःख लुकेको बेला
समाजलाई पर सारी नगिज्याउ यहाँ
Comments
Post a Comment