, फट्टीचर

, आज फट्टीचर हेरेर आइयो! भीलेन भाई दावा; प्रोडियुसर साथै सबै कलाकारहरुलाई बधाई दिन चाहन्छु! सेनिमा इन्टरटेनिङ हुनको साथ साथै सोच्न बाध्य गराउने थियो! के हाम्रो समाजको दर्पण यस्तै त हुदै छैन ? त्यहाँ एउटा प्रश्न हुनको साथ साथै आध्यात्म पनि पाईन्छ!
गाड़ी जति खटारा देखाईएको छ; सन्देह लाग्छ कतै हाम्रो जीवन सैली पनि त्यतै तिर ढल्की रहेको त छैन ? भाषा पनि त त्यस्तै बोलि रहेका हुन्छन मोटर स्ट्याण्ड तिर यहाँ सुन्दा केही अन्नौठो लागे पनि यो यर्थात ! समस्याले घेरेको  
जीवनका पात्राहरु;  आफ्नो अभिनय निभाउनमा सफल भएका छन । 
मेरै गाउँका भाईमा यतिको सृजन लुकेर बसेको रहेछ मलाई थाहा नै थिएन । खुशी लाग्यो । .
धेरै पुरुष  पात्राहरु भएको फिल्म कस्तो होला जस्तो लागेको थियो तर बोरिङ्ग नहुने राम्रो भएछ ।
बारमा गीत गाउने स्त्री पात्राले आफ्नो भुमिका साहै राम्रो निभाएकी छिन । साहै मन पर्‍यो ।
कता कता थ्री इडियटस जस्तो । हिन्दी सेनिमा मा हो भने गोविन्दा अदित्य पन्चोली जोनी लिबरहरुको जस्तो व्यंगात्मक अभिनय थियो तर वहाँहरु जतिको पारगंत नभएता पनि शुरुवात राम्रो छ ।
उफ त्यो उल्टी चाहि कति अधिक खाना खादा सम्झीएर घिन पनि लाग्यो यो सिम्बोलिक थियो । उफ ... हाम्रो जीवन शैली सोच्न मलाई मजबुर गरायो । त्यो हराएको मोहोनी हाम्रो ठाउमा कसले अनि कहिले फरकाई  ल्याउने हो ? कि यसरी नै दुई टवाक र भुटेको चनामा नै समय सर्कीने हो ? हामी अझैसम्म होस हराएर अङगलकुटी खेली रहेका छौ । मच्छर मारने व्याट चाईनिज त्यसमा पनि व्याटरी अरु कसैको हातमा उफ मत हास्दा हास्दै जीवनको धरै गहिराईमा पो पुगेत हौ ।
तर समय भने सठिक भएन रिलिज र्गेने जस्तो लाग्यो अडियन्स कम थियो । दशैंले सबै घरमा व्यस्त थियौ। अलिपछि भएको भए दाम राम्रो पाईनथ्यो । तरै पनि दुःख नमान्नु होला जसले हेरेनन केहीत अवस्य गुमाए । समय भए अवस्य फिल्म हेरनु होला मजा आउछ ।
काम गरे पछि चाकाली चुकुली त अवस्य हुन्छ तर तपाईहरु स्टार अवस्य बन्नु भयो । भविष्य मा अझ राम्रा राम्रा मुभी हेर्न पाउने आशा  साचेकी छु । टिका भाईको साथै सबै कलाकार हरुको अभिनय राम्रो थियो । बधाई छ ॥

Comments

Post a Comment

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा