दशै

ट्रिङ-ट्रिङ

म बसेर तिमीलाई
सम्झना गरिरहेछु
ब्यस्त छौ कि कसो
नेटवक क्षेत्रदेखि 
बाहिर पो छौ ,
दशैं आउदा निकै
मनमा चाह हुन्छ परदेशी
किन पो मलाई भुल्यौ?
कुनै बाधा या वादाले
 पो छेक्यो की?
कसैको मायाले पो
रोक्यो की,
किन हो आजकल तिम्रो
फोनको घण्टी नबजेको
धेर दिन भयो 
सधै सुस्वास्थ्यताको
कामनामा तिमी हुन्छौ
बाल्यकालको सम्झनामा
पनि त तिमी हुन्छौ
ती स्वर्निम जिवनका
हरेक पाईलामा,
परदेशी भै हराएको
मान्छे आएको छ
भन्ने सुन्ने गर्छु
कति के सम्हाल्यौ
कति के गुमायौ
समय सँग सगैँ
हो आज तिमीले
जिउन सिकेछौ,
आँशु बहेर सागरमा
विलिन भएको वर्षौ भो
आज हाँसेको देंखे मैले
तरै पनि दशैंको 
शुभकामनाको
कामना र ईन्तजार 
छ मलाई!
यसैले ट्रिङ ट्रिङ घण्टीले
झस्काउला भनि नेटवर्क
बाहिर जान मन छैन मलाई😊😊

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you