विडम्बना
बिडम्बना,,?
हो आज उ मरेको खबर आयो
के उ साचै मरेछ?
मेरो मनमा प्रश्नहरू नाचि रह्यो
कसले मार्यो उसलाई?
हो उसले आफ्नो अधिकार माग्यो
त्यसैले उसलाई मार्यो?
कस कसलाई मार्छौ?
मर्ने त ती आत्मा हुन जसले
समाजलाई धोका दियो
तिमी त अजर अमर भयौ
हो कसले मारेछ हँ?
बिरामीको ईन्जेक्सन लाउने
डेङ्गुले होईन आमा
हामी माथिको अत्यचारले मारेछ
कारावासको काल कोठरीले मारेछ
हो र यस्तो छ यहाँ अत्यचार?
प्रश्नै प्रश्नले मन रून्छ आमा!
यी अत्यचारीहरूले मेरो ठाँउलाई
कालापानी बनाउने छ
मलाई चिथोरी रगत पसिना खाने छ
त्यसैले मलाई लाग्छ
एक दिन यो ठाउँ छ्याङ छ्याङ्गे
नदी सुकेको झोलुङ्गे पुलमात्र हुनेछ
प्रश्नै प्रश्न छ मनमा कतिलाई मार्छौ?
कतिलाई कारावास दिन्छौ?
कतिसित बैमनस्यता गर्छौ?
मेरो बास भूमिलाई कारावास वनाउ
या त कालापानी तर त्यहाँ
काले धुश्रे फुश्रे मरनच्यासे भए पनि
एक दिन गोर्खा राज्य कै नेता
हुनेछ भनि गए ती मर्ने मानिसले
सुन्यौ की तिमीले क्रुर शाशक?
मेरो मनमा तरै पनि प्रश्नै प्रश्न छ
म फेरी राजनिती शात्र बिथोल्न चाहान्छु
कहाँ छ यस्तो अधिकार
लेखिएको तिमी तिम्रो अधिकार मागें
अपराधि ठहरीने छौ
काराबासमा मारिने छौ भनि लेखिएको?
यस्तै प्रश्नै प्रश्न छ मनमा
हो आज उ मरेछ
आशा जिउदो राखी भविश्य
मिठो होस सम्झि मरेछ
म यहाँ स्वार्थमा पटक पटक मरिरहेछु
भविष्यलाई गला घोटदै
हो आज उ अमर भएछ
तर ईतिहास मेटीन्छ भन्ने शकां मलाई
Comments
Post a Comment