परदेश

परदेशमा घर छ भाँड़ा छैन
कमरा छ तर घर होईन
ठण्डाको वोतल काटी
 गिलास वनायौ अनिता
अभाव टरिगो एकदिनको
कहिले काँही जीवन यस्तो
पनि हुन्छ समयको अभाव
नयाँ जग्गह
 नयाँ पशलको खोज
जारी छ तर यसरी पनि
टर्यो आजको एक दिन
यो अचानक आउने परिवर्तन
प्राकृतिक प्रकोप भन्दा कम हुन्न
मानिसलाई आनन्दको जिवनदेखि
झसङ्ग झस्काई दिन्छ
नयाँ अनुभव वटुल्न बाध्य गराउछ
घर छाड़ी जागिर गर्न आएका
चिनेको जस्तो भान गरी मुस्कउछन
आफन्त पो हुन भनी निहाल्छन
के भाषा वोल्छन भनि सोधछन
सहयोगको निम्ती सबै अघी आउछन
पानी हाम्रै पहाड़को मिठो
दैनन्दीनी यहँको अलि छिटो
व्यवस्ता यहाँको अत्ति राम्रो
पहाड़को सोचँदा लाग्छ चाम्रो
तरै पनि घर घरै हो
परदेश अलि परै हो!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा