‌ सुन्दर

सुन्दरी

मैले एउटा चित्रकोर्दै थिए
सुन्दरी  तिमी  थियौ मेरी
वर्षौपछि हाम्रो  मिलन 
अहो तिम्रो ह्रदयको धड़कन
हरियो रनवनमा घन्के झै लाग्यो।

मेरा शुप्त चेतनाका झ्यालबाट
एका एक विछोड़का पानाहरू
उसै उसै हुरीले फरफराई रहे
अनिता मिलनको मुस्कान मिठो
नेत्र विस्तारै रशिएर टप्कन लाग्यो।

उफ! त्यो मिलन आलिङन
तिमी केही फुलेछौ, पनि
नैरास्य छदा- छदै तिम्रो सुन्दरतामा
कमै खोट देखें मैले आज पनि
तिमी मेरी प्रेमिल भएर हो क्यार!

 सयपत्री माला सजाउन पाँउदा
गद-  गद  भई  म  रमाएकोदेखि
किन फर्कयौ दुर देशी भन्ने प्रश्नहरूले
बाटाका किनारबाट जिसक्याई रह्यो
प्रश्नै प्रश्नको ढोकाहरूले हेरी रह्यो!

 तिमी हाँसेकी थियौ सेताम्मे भई
नाँचेकी थियौ ह्रदय खोली साथमा
नचिनेकी भान गर्दै सुन्दरी तिमी
लजाएकी थियौ पिढ़ा मनमा बोकी
सहश्र पाईलाहरू रशपान गर्दै थिए।kkñ

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you