झेल यात्रा

झेल यात्रा

कसैले तपाईको विरूद्ध नालिश गर्छ,अनि तपाईलाई झुटो आरोप लाउछ,र तपाईलाई पुलिसले एक दिन हिरासतमा लैजान्छ, दोस्रो दिन झेल लैजान्छ। माझमा धेरै दिनको छुट्टीहरू परेको हुन्छ, र धेरै दिन झेलको रोटी खान पर्छ भने पनि जबसम्म केशको सिडी बन्दैन, जबसम्म सबै आरोपी पकड़ा पर्दैन, उसलाई आरोपी हो भनेर औंलाउन सकिन्न।
यदी दुश्मनी लागेर यस्तो झमेलामा फँसिन्छ भने, तपाईको मानसिकतामा कति आघात पुग्छ थाहा छ? जसलाई परेको छ उसलाई थाहा हुन्छ, सायद आफन्तको लाश अघि हुदा जतिको आघात पुग्छ त्यो भन्दा बड़ी आघात पुग्छ।
 त्यो समयलाई सहन गर्न अति गाहारो हुन्छ। तसर्थ झेल पस्ने साथै त्यो व्यक्ती आरोपी होईन।
जब तपाईलाई आरोप लगाउने मानिस अनपढ़ छ, हजार रूपयाँको लालचमा एउटा हस्ताक्षर गरेर आरोप लाउछ अनि त्यो हजार रूपयाँले दिन भरी रक्सी खाएर मज्जा गर्छ, तर उसलाई मैले यो के गरें भन्ने थाहा हुदैन र जब हजारौं रूपयाँ खर्चेर झेल बाहिर आएर , आरोप मुक्त हुदा, त्यसको बदला लिन खोज्दा फेरी तेही व्यक्ती माफ माग्न आउछ अनि रक्सी खान हजार रूपयाँ माग्छ।
मैले के गरें थाहा छैन भनि भन्छ भने,त्यस समय थाहा लाग्छ कानुन अन्धो छ भने र।
 तसर्थ कसैलाई दोष लागेपछि उसलाई दशा लागेछ भनि ठान्नु अनि आरोप सिद्ध भएपछि मात्र उसलाई आरोपी मान्नु पर्छ।
यस्ता धेरै तन्त्र हुन्छन जीवनमा परेकोले मात्र यो अँन्धो कानुन हो भनि बुझ्ने गर्छ, नबुझेकाहरूले छिः छिः दुर दुर गर्छन।
यो मेरो जीवनको अनुभव हो। त्यसपछि के हुन्छ त् भने कठै बरा हाम्रो छिमेकी, गरिब छ , सहयोग गरौं भन्ने मन नै बदलिन्छ। त्यसको अनुहार हेर्न मन लाग्दैन।
प्रसाशन माथि आफ्नो विशवास हटेर जान्छ। मेरो शुरक्षा मैले आफै गर्न पर्ने हुन्छ जस्तो अनुभव हुन्छ। गोहार माग्दा तपाईका सखा सम्बन्धीहरूले फोन अफ गरेर राख्छन। तपाईले जसलाई गोहार माग्नु हुन्छ,उसले ती समस्यालाई लुकाई राख्छन।
 त्यस समय केवल प्रिय मित्र अनि परिवार मात्र काम आउछन। अरूत् यो झमेलामा नफसौं भनि अर्को बाटो लाग्छन, त्यस समय तपाईले चिन्न पाउनु हुन्छ तपाईको आफन्तको हुन? प्रिय मित्रको हुन भनी,अनि जीवन भर उनिहरूकै साथमा बस्नु होस,जीवन सुखी हुन्छ। उनिहरूलाई नै सहयोग गर्नु होस जीवन सुखी हुन्छ।
आज अनायास मलाई यो कुरो किन याद आयो भने जब जुहि चावलाले  साहरूखखानलाई सहयोग गरे। उनि असल मित्र हुन।
सन 2013 को कुरो हो मलाई झल झल याद आउछ। आज पनि मेरा गाँउका गरिब परिवार देख्छु सहयोग गर्ने मन पलाउछ, ती मुर्ख, अनपढ़ छन भनि तर उसको काँधमा बन्दुक राखि मेरो सुखद समय छिनन्ने मानिसलाई भने ठिम्याउन गाहारो पर्छ, अझ पनि म उसको काँधमा, उसको सौलियतमा नाचँने, चोर डकैतहरू देख्छु तर उसलाई कानुनले देख्दैन, यही त विडम्बना छ हाम्रो देशको कानुन व्यवस्थामा।
तसर्थ आफ्नो रक्षा आफै गर्न सक्षम हुनुहोस। अन्धो कानुनको तराजु जता पनि भारी हुन सक्छ।
Jhel Yatra

Someone complains against you, and makes false accusations against you, and you are taken into police custody one day, the next day, there are many days of vacation in between, and even if you have to stay in jhel for many days, you can't point out that he is the accused until all the accused are caught.
If you get caught up in such animosity, do you know how much it hurts your psyche? Anyone who has been hurt knows that the trauma of a relative's death is greater than the trauma of a fals aligation.That time is very hard to bear. Therefore, the person is not an accused.
When the person who accuses you is illiterate, accuses you with a signature in the lure of a thousand rupees and he enjoys drinking alcohol all day for a thousand rupees, but he does not know what I did and when he spends thousands of rupees to get out When trying to get revenge, the same person comes again to apologize and asks for a thousand rupees to drink alcohol.
If I say I don't know what to do, then you realise, yes! the law is blind.
Therefore, when someone is found guilty, he should be considered as a person and only after the accusation is proved, he should be considered as an accused.
There are so many such systems that , such things happened in life, and you realised , that it is a blind law.
This is my life experience. What happens next is that our neighbor, who is poor, changes his mind to help. I don't like to see his face.
You loses faith in the administration. I feel like I have to protect myself. When you ask for help, your friends and relatives turn off the phone. The person you ask for help hides the problem.
At that time only dear friends and family come to help you. There is another way to avoid getting into trouble. At that time, you get to know who your relative is. To be a dear friend, and to be with them for life, so that life will be happy. Helping them makes life happier.
Today, I suddenly remembered why Juhi Chawla helped Sahrukh Khan. They are good friends.
I vividly remember the year 2013. Even today, I see poor families in my village wanting to help, saying they are stupid, illiterate, but it is difficult to stop a man who is wasting my happy time with a gun on his shoulder. This is the irony of our country's legal system.
So be able to defend yourself. The scales of blind law can be heavy everywhere.

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा