झरेको पात

झरेको तारा

केहि इच्छा पूर्ति
आकाशतिर हेरें
झिलिक्क मात्र के भयो
हत्त न पत्त ईच्छा पूर्तिको कामना गरें!

एकै पलमा शुन्यमा हरायो
हेरी रहें मेरो ईच्छा
पलाउँदै गयो उ बिलाउदै गयो
आकाश गंगामा धेरै ईच्छा पूर्तिको कामना गरें!

रोबोटिक चालमा हातगोढ़ा चलाए
फेरी बाटाहरू हेरिपठाएँ
उ आउछ नै भनी सोंचे मैले
यथार्तमा धेरै ईच्छा पूर्तिको कामना गरें!

फेरी एक चोटी माथि हेरी पठाएँ
दिनको घमाईलोले रात पनि रमाईलो
एउटा चम्कन्छ एउटा स्थिर छ,
त्यो स्थिर तपस्या माथि ईच्छा पूर्तिको कामना गरें।।

Comments

Popular posts from this blog

यावा

लाै घुम्न जाउ दार्जीलिङ

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021