देख्यौ की?

देख्यौ की?

देख्यौ की कतै तिमीले
मैले मन कतै हराएर आएको
देख्यौ की कतै मैले तिमीलाई
मन पराएर आएको,,,,,,,
देख्यौ की कतै मैले
तिमीलाई सुमसुम्याएर आएको,,, 
प्रकृतिले पावला फेरी,,, फेर्यो होला
मायाले नियाल्दै होला
कतै मेरो प्रेमील स्पर्श
खोज्दै होला,,,,
भनिदिनु उसलाई
भनिदिनु उसलाई
 तिमी सदा यस्तै रहनु
सुन्दरता छर्दै बस्नु
म र मेरो बाध्यता
तिम्रै यादमा छु
तर अलि पर छु
बुझ्यौ होला मेरो बाध्यता
देख्यौ होला मेरो माया 
र अनुभव गर्यौ की
 यो सुन्दर अरकिट
र ,,,हिमका आलयमा मैले
दिएको माया
मैले रमाएको पल
देख्यौ की कतै
म रमाएको पल
म हराएको पल
मन पराएको पल
हो! तिमीले भुल्नै सक्छौ
तर म तिम्रो गुण गानमा
सदा रमाएकै हुन्छु,,,,,
तिम्रो माया, मन मन्दिरमा
सदा सजाएकै हुन्छ
सदा तिमीसित 
मुसकराए कै हुन्छु
देख्यौ की कतै,,,,,,,,

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you