यथार्त राजनिति

राजनिति

यहाँ हार जित हुन्छ
सिधान्त परिवर्त हुन्छ
अशल कार्यले जै जै
विफल कार्यले चै चै
अपराधले न्यायलय
जघन्न भए कारावास
होहल्लाले उ दोषी होईन
जबसम्म केश चल्छ
उसलाई औंलाउन अपराध
तर, सबै संगालेर फर्कन्छ
भने उसले आफ्नो घर
आउन पाउनु निस्चय पर्छ
आफ्नो किपटमा फर्क तिमी
हो! फर्केपछि उसलाई
ज्यु हजुर गर्नै पर्छ भन्ने छैन
उसको मित्रले सहयोग गर्ला
परिवारले सहयोग गर्ला
तिमी हामीलाई केही कर छैन
हेर साथी हो! टुप्पो टुप्पोमा
एकै हुन्छन फेदमा किन तितो?
राजनिति बुझेगर्नु न बुझे
भोट चुपचाप दिनु है साथी हो!
दिदीले भाईलाई धोती प्रदान गर्छ
विदेशबाट आउदा,
ल्याईदिन्छ रशमिठाई,
तिमी चाहि एउटा नानीको
बाल्यपन छिन्छौ फेल हुदा
आजससम्म कुन गोर्खे राजतिज्ञ
सफल भएको छ डार्लिङमा!!
हो मलाई दार्जिलीङ्ग होईन
डार्लिङ नै भन्न मन लाग्छ
माया गरेर भनेको नत्र
पारपाचुके छिट्टै गर्छन
सबै रिश राग नेतामा पोख्छन
जबसम्म हाम्रो अस्मिताको
कुरो छ सबै आजसम्म विफल
तसर्थ न्यायलय गनतन्त्रमा
सर्वोपरि हो! तिमी र म होईन
घरको जालो झार्नदेऊ नेतालाई
मन नपरे यी मैले झै पत्तै नदेउन! 
जमाना कलम र भ्याकशिनको छ
नकी खुकुरी र डंकको छ साथी हो!
जस्तोलाई तेस्तै ढेड़ो निस्तै 
यो जमाना गयो डार्लिङ्ग!
 वैगुणीलाई गुणले मारौं
तेसै पनि गोर्खे सन्तान कम छन
भनौ भनेत हामीले अब
विस्थापितलाई स्थापित
गर्ने समय आएको छ, 
राजनिति संख्याको आधारमा
नकी एउटा नेताको आधारमा हुन्छ
एउटी आमालाई छोरोको भेट गराउ
एउटा छोरोलाई बाबाको न्यानो देऊ
एउटा घर आबाद गर, 
नेतालाई पछितो गर्ने मौका देऊ
घरको माकुरीसित शिक्षा लिन देऊ
तिमी र म न्यायलय होईनौ,
हामी पनि सफल छैंनौ 
आफ्नो डायरी पल्टाई हेरौं
बुद्धको सन्तान भएर शिक्षा
दिन सिकौं न की फोश्रो राजनिति!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा