कविसित गनथन



आज तपाईको जन्म दिन
फेरी पनि भन्न मन लाग्छ
एकै दिन भ्ए पुग्छ जिवनु
फगत एकै दिनको आशामा
साठ्ठी लाग्न लाग्दा पनि
तिम्रो दार्जिलिङ्गको त्यो
एक दिन आउन लागेन
चाल खेल र राजनितिमा
हामी रूमलि रहेका छौ
त्यो एक दिनको पर्खाईमा
फगत एक दिनको पर्खाईमा!

गुरूवर! तपाई नै प्रेरणा
तपाई नै डार्लिङ्गका अग्रज
तपाई नै गुणाशो सुनिदिने
आजका मेरा पात्रा हुनुहुन्छ
किन यो जातिको पराजय
बारम्बार हुन्छ आफ्नो घरमा
विश्व जितेर तकमा लगाई
घर फर्कदा एक रूपयाँमा
भारतको जमिन आज पनि
किन्न पर्छ एउटा सहिदले
सुन्नु भो! आजको विडमबना?

तपाईको कविताले मलाई
सदा प्रेरणा दिने गर्छ
तर मेरो अकर्मण्यतामा
म! लाजले पानी पानी हुन्छु
अरूले याद गरे गरेनन्
तर मैले एउटा सहिदको
जात सम्म नेशनल च्यानलहरूले
उच्चारण गर्न नसक्दा
मलाई कता कता चोटलाग्छ
सायद त्यो हेलिकेप्टबाट
झरेर प्राण गुमाउन भन्दा अधिक!

त्यसैले गुरूबर पर्खाईमा
कुरेको कुरे नै छु
फगत त्यो एक दिन
कहिले आँङमा घामलाग्ने हो!
तपाई र मेरो अस्तित्व
दिगो हुने हो मत भन्छु
डिजिटल दुनियाँमा सम्म
हामीलाई मेटाउने प्रयास
पटक पटक हुन्छ भने
त्यसैले त्यो एकदिनको पर्खाईमा
आज तपाईको जयन्तीको तैयारीमा!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you