खुशी

खुशी

हरेक दिन जिवनमा
नयाँ आयाम थपिन्छ
परिश्रमको फल लाभदायक
होस नहोछ तर,
छनिक पल रमाईलो हुन्छ
त्यही पलाहरू जोड़न जाँदा
सायद जिवन निर्माण हुन्छ
हो हिज मात्र एउटा
लेखोट पड़े मैले
तिमी नै तिम्रो
 जिवनको निर्नायक हौ!
तिमीले भन्दा धेर तिमीलाई
कसले जान्न सक्छ र!
कुरो सठिक हो!
तर सबै मेरो पलहरू अरूलाई
सधै कामलाग्ने नहुन पनि सक्छ
तर, मेरा शुखद पलहरले
मलाई हाँसो दिए झै
तिमीलाई पनि हाँस्न
प्रोतसाहन गरून भन्छु
रातलाई उजेल्ने कोशिश गर्छु
शितदेखि शिर जोगाउछु
तर कसैको ईन्तजार सधै
गर्ने गर्छु, आज कल यथार्तमा
भन्दा कल्पना मै रमाउने गर्छु
तिमी यी लहरहरूलाई पढ़ या नपढ़
त्यसको परवाह नगरी
आफैले आफैलाई चिनाउने
कोशिशमा म एक पल
फेरी मनका भाव पोखेपछि
पाठक भै मुस्कुराउछु!!😍😊👏

 शुभ बिहानी!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you