स्वर्ग

17800ft.उचाईमा
अक्सिजन खुबै कम
शाश प्रस्वास लिन निकै चर्को
चक्कर आयेर लड़ने
हावा हुरी सगैँ मसिना शिलाहरू उड़ने
दिउसो बाह्रबजेदेखि उता वस्न नसक्ने ठाँउ
मलाई भने यी सबै कुरो पहिले
थाहा नै थिएन! जति माथि जादैं गयें
मनमा भय र त्राश बड़दै गयो
यस्तो मृत्यु मुखेञ्जी जानि जानि
किन जादैँछौ त जस्तो पनि लाग्यो
तर आफ्नो स्वास्थ्य आजमाउनु
सुन्दरता प्रकृतिको हेर्नु हो भने
यति कठिनाई उठाउनै पर्ने रहेछ
उमेर हुदै स्वास्थ्य रहदै म पनि
नानीहरू झै नानीहरूसितै रमाए
अनि ता एभरेष्ट नै जिते जस्तो लाग्यो
सायद एभरेष्ट जाने पनि मौका मिले
पुग्थे होला भन्ने हौसला जगायो
तसर्थ कहिले कहिले आफ्नो परिक्षा
आफै लिनु पर्ने रहेछ भनी
हास्दै खुशीहुदै फर्कीए!!!
Lovely place....

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you