खोजि रहन्छु
म त
यहाँखोजि रहन्छु
यी नयनहरू
टोलाई रहन्छन
समयको परिवर्तन
हेरी रहन्छु,
तकनिकको प्रभाव
सबै सहजै जान्ने
तर हात जति
बड़ाए नी,
नभेटिने केवल
देखिने यी आँखाका
नानीहरूमा स्पेस खोज्छु
सख्याका जिवनलाई
सदा गन्ने गर्छु
यो पाङरो घुमाईको
पनि उमेर गन्ने गर्छु
कतै उ पनि म झै
बुड़ेसकाल तिर
लम्किदै पो छिन ,,,
ह्यदयघात त भै हाल्ने
होईन, यी धुवाहरूले
यी अनियमितताहरूले!
हो उ एकली
घुमिरहेकी छिन
मानव मनस पटलमा
तसर्थ उसको उमेर बाहेक
अरू सख्या अस्मिता
बनाई रहन पर्दैन,
ब्रहमाण्डमा उ बलवान
नारी स्वरूपा
हिड़ीरहेकी छिन,
नत्र उसलाई मृत
घोसित गर्नेसम्म क्षमता
कसैमा रहने थिएन
कस्तो भयावह
काहालि लाग्दो
विभद्स चिसो
हुने थियो होला।
मेरी आमाको
अनुपस्थितिमा
हाम्रो पुजा
घर जस्तो,
तर यो घुम्ने नारीको
शक्तीले नै म यो
अभिव्यक्त गर्न सक्छु,
यी मौन बस्ने आमाले
प्रकृति बदलिएको
सेनिमा तिमीलाई
देखाउदा यी मेरा
आँखाका नानीहरू
बटुल्न नसकी खोज्ने
गर्छन आखिर आमा
तिमी कति
शक्तीशाली छौ?
तिमीले नै मलाई पनि
नयाँ मौसममा शक्ती
प्रदान गर मलाई भन्छु।
तिम्रा पनि शक्ती,
महामहिम तिमीमा
यति न्यौछावर छन
ब्रमाण्ड चिरी समय
आठ सेकेण्डमा तिमीलाई
छुने गर्छ, भने तिमीले
एक पलमा त्यो उर्जा
हामीमा समर्पित गर्छौ,
अनि हामी ईश्वर खोज्छौ
धुप दिप चढ़ाउछौ
तिमीलाई नै उजाड़छौ!
अब तिम्रो उमेर सम्झी
सख्याको आभास
सबैमा होस भन्दै
केवल "जगेरा- पुजा"
गर्न चाहान्छु।
केवल नेत्र तिप्तीले
पुज्न चाहान्छु
तिम्रो शक्तीको अनुभव
गर्न चाहान्छु ,
आउने दिनहरूमा,,,,
म! त यहाँ खोजिरहन्छु
ॠतु परिवर्तनमा
तिमी हिड़ेको
पाईलाहरूलाई,
तिम्रो उमेरको
र अनुभवका शक्तीहरूलाई
Comments
Post a Comment