सत्य

गर्मीमा चिसो कफी मिठो
शर्दीमा भुर्लुकै चिया छिटो!
दुःखमा सुटुक्कै आँशु झाँरे
 सुख बाड़न  मुसुक्कै हाँसे!
समय वहेको हेरीरहेछु नित्य
यही चक्षु हो देखाउछ सत्य!
माया कहाँ छ? ह्रदय या मनमा
 हजुर छ भने मधुर मुस्कानमा!
शान्ती खोज्नुहुन्छ भने हास्नुहोस
वनभोज खान पाये नी नाँच्नुहोस!
 तस्विर फेसवुकमा सत्रकै हाले
विगत मिठो, तर समय सगैँ चाले!
 कति रूनु यो छैन त्यो छैन भनी
बरू हाँसौ न यही हो सत्य जानी!,
अनुहार समय  सगैँ  झुरी परोछ  
जीवनले स्वास्थ्य मुस्कान भरोस!
जति लेख्यो उति लेखौ  लाग्छ
चिन्ता केही छन,,,पर पर भाग्छ!
कविता पढ़ेथे सुन्दर साहित्य सुधा
आजलाई यति लेखे देउ अब विदा!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you