गनतन्त्र दिवस

26.1.19[ reminder]
गनतन्त्र दिवस

मैले यस दिवसलाई खुशी भई
छेवैबाट देखेको छु
हाम्रो देशको  महान पर्व हो
हाम्रै मुटुको रगतले सिमा सिंचेको छु
  
जै जवान! जै महा काली! जै गैर्खा !भन्दै
अग्रेजलाई लखेटेको ईतिहास
मैले लेखेको छु,
भिर पहरामा नाम कुंदेको छु

संविधानको पानामा मैले
मेरो विचार कोरेर देशलाई
गनतंनत्र दिनमा, ईतिहास रचेको छु
अरिबहादुर भई त्यहा ठिङ्ग उभिएको छु

आज पनि कुपवाढ़ा र द्रासमा
मेरो आलो खुन गवाह छ
गोर्खाको सपना मेरो सपना भनि
दार्जिलिङलाई ठगेको मैले देखेको छु

हे स्वतन्त्रता! हे गनतन्त्र!
यति गर्दा पनि आफ्नो विचार
पानामा पोखि हिड़दा तिमीले नचिने पनि
परोक्ष मेरो कर्तव्य देश प्रेम गरि रहेको छु

मेरो पनि देशको बागडोर सम्हाल्ने
एक दिन अवस्य आउला
त्यस दिन देशलाई आतकंबाद मुक्त बनाउने
मैले दार्जिलिङमा बसी सपना देखेकी छु।।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you