ईच्छा

ईच्छा

सागरको जति गहिराई आजसम्म
नापिसके, त्यस भन्दा अझ
गहिरो गहिराई अन्धकारमा 
जान चाहान्छु म
म वैज्ञानिक बन्न चाहान्छु।

नापि सकेको वायुमण्लमा उड़ी
पार गरि अर्को ब्रमाण्ड खोज्न र
छुन चाहान्छु म
म वैज्ञानिक बन्न चाहान्छु।

तारा जस्तै ह्रदयहरू कति चम्कनछन
मरेपछि पनि पुनर जन्ममा
ति ह्रदय आज झै होलान के
म वैज्ञानिक भै बुझन चाहान्छु ।

ती मरेर गएका सहिदहरूका
आत्मा मिलन भै आन्दोलित भएको
आक्रोशको आन्दोलनलाई
म टेलेशकोप लगाई देखाउन चाहान्छु ।

विश्वमा जिवनु नै हो भने
आफ्नो बरचस्वको निम्ति आफैपटि
दुरबिन एक्स रे लगाई
म तिते आन्द्रालाई बुझन चाहान्छु।

हो म एकदिन तिमीलाई
त्यो आकाश गंगामा देख्न चाहान्छु
जहाँबाट तिमी निल गगन मात्र होईन
सागरको अन्धकार केलाउने वैज्ञानिक हुन्छौ।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you