डार्लिड़ दार्जीलिड़

डार्लिङ दार्जिलिङ!

हेप्पी भेलेनटाईन
भन्नै सक्दीन
तिमी अधुरो भएदेखि!

प्रेमी प्रेमीकाहरू
अझसम्म छैटौं 
र जात गोष्टी नछोड़ेसम्म!

सरकार अस्थाई
र स्थाई प्रेम 
दिन्छु भनी झुक्काएसम्म!

मैले प्रेमको ईजहार
गर्नै सकिन
युटी या राज्य नदिएसम्म!

डार्लिङ! मेरी प्रिय
भेलेनटाईन!
तिमी राज्य बन युटी बन!

मनकी बातले
तिमीलाई नछोए
प्रिये नरोउ ! केही नभएसम्म!

स्थाईत्वको राज
उजागर गरौंला
अर्को भेलेनटाईन मनाउला!

हेप्पी भेलेनटाईन
भन्नै सकिन
तीन चक्के तन्त्र नभएसम्म!

डार्लिङ दार्जीलिङ
तिमी र मेरो प्रेममा
वसन्त छाएन कहिल्यै प्रिये।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा