उसले के पायो

तर उसले के पायो?

मैले  सबै थोक पाँए
तर  के पायो उसले?
बिमार छ उ!

अन्धकारमा छ उ
घरैमा समान छैन उ
मैले सबै थोक पाँए
तर उसले के पायो?

उसको निम्ति,
म औषधी बन्न चाहान्छु!
उसको निम्ति ज्योती बन्न चाहन्छु!
उसको अधिकारको निम्ति,
समानताको पाठ पढ़ाउन चाहान्छु!

तिमीले देख्यौ उसलाई?
नदीमा माछा मार्दै छ उ!
नदी किनार गिट्टी कुटदै छ उ!
शुर्य अस्त भै सक्दा पनि
भोली के होला थाहा छैन उसलाई!

मैले सबै थोक पाएँ
तर उसले के पायो?
उसैको निम्ती म लढ़न चाहान्छु !

मेरा जस्तै दाता पाँउन्
जन्मदिनमा समानताको संघ -  घोष होस
बाल्यकालमा क ,,,ख ,,,नाँचुन आँखा अघि
युवा अवस्तामा समानता जागोस,
सुस्वास्थ बनाउन चाहान्छु तिमीलाई।

मेरो जस्तै आमा बनाउन चाहान्छु
समानताको चस्मा लगाईदिन चाहान्छु
गिटी कुट्न अघि खाजा बोकी
पाठशाला गएको हेर्न चाहान्छु।

मैले  सबै थोक पाँए
तर  के पायो उसले?
बिमार छ उ!

अन्धकारमा छ उ....
घरैमा समान छैन उ....
मैले सबै कुरो पाँए....
तर उसले के पायो?

Comments

Popular posts from this blog

यावा

लाै घुम्न जाउ दार्जीलिङ

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021