आमाको पुण्यतिथी

पुण्यतिथी

आमा तिमीलाई
आज कै दिन
हामीले गुमाएको
सन सातमा
आज एक जुग
वितेर गयो
तर हरेक समस्यामा
समझना गर्छु
हरेक पर्वमा
मार्ग दर्शको आश गर्छु
हरेक खुशी साझा
गर्न एकान्तमा
आकाशतिर हेरी
तिमीसित बात गर्छु
सुन्नुन आमा!
तिमीले पकाको रोटी
र डाढुको तिउनको
सम्झना हिज मात्र
चंचलकोटीमा
सबैले गर्दै थिए
कालो नुन र तोरीको तेलको
थ्रोट पेन्ट बनाई
गलाको खरास
सबैलाई मेटाउने गरेको
सबैले सम्झना गरे!
यस्ता धेरै कुरो
साझमा चौतारीमा
बसी गरौला
तिमी चन्द्रमा भई आउनु
म तिम्रो ईन्तजार
गर्ने छु आमा!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you